
नेपाल एसबिआई बैंक लिमिटेड र साथी अस्पताल एण्ड रिसर्च सेन्टर प्रालि टिकापुर–१, कैलालीबीच छुट सम्झौता भएको छ ।
बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी साथी अस्पतालबाट प्रदान हुने विभिन्न स्वास्थ्य सेवामा छुट प्रदानका लागि सम्झौता गरिएको बैंकले जनाएको छ ।
सम्झौतामा बैंककातर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोषकुमार भण्डारी तथा अस्पतालका अध्यक्ष जगदिश्वर पण्डितले हस्ताक्षर गरेका छन् ।
एसबिआई बैंकले हाल ९४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट कार्यालयका साथै १२२ एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।