
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका फोरम्यान विर्जुकुमार महतोविरुद्ध मुद्दा दायर गरेको छ ।
महतोविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रवक्ता दाहालका अनुसार महतो एक उद्योगमा विद्युत्को क्षमतामा वृद्धि गरिदिए बापत सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको अवस्थामा गत भदौ १९ गते पक्राउ परेका थिए ।
आरोपी महतोलाई २५ हजार बिगो कायम गरी सोही बमोजिम कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।