२३ जेठ २०८३, शनिबार

हत्यामा संलग्न चार युवा पक्राउ

असोज १६, २०८०
कञ्चनपुर
हत्यामा संलग्न चार युवा पक्राउ

 गत साउन ३० गते कञ्चनपुरको पुर्नवास नगरपालिका–३ आइबिआरडी बजारदेखि ‘घ’ गाउँ जाने बाटोमा स्थानीय २७ वर्षीया लक्ष्मी घर्तीको शव फेला प¥यो । शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको उक्त शव प्रारम्भिक अनुसन्धान गर्दै प्रहरीले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा परीक्षण गरी आफन्तको जिम्मा लगायो ।

घटनाको अनुसन्धानमा खटिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले लक्ष्मीको हत्यापछि माइतीघर नजिकै लगेर शव फाल्ने चार युवकलाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्र्दै हत्यामा संलग्न रहेको आरोपमा बेलौरी नगरपालिका–१ का १९ वर्षीय राहुल राना, २७ वर्षीय सरोज राना, लालझाडी गाउँपालिका–१ नौरङ्गाका ३३ वर्र्षीय सेनराज राना र सोही स्थानका ३३ वर्षीय पर्शु रानालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

अभियुक्त सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कमल थापाले प्रारम्भिक अनुसन्धानबाट हत्या गरिएकी महिलालाई लालझाडी–१ स्थित जङ्गलमा रहेको मचानमा लगेर मादकपदार्थ सेवन गराई खसालेर हत्या गरेको देखिएको जानकारी दिए । 

प्रहरीले चारै जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत कञ्चनपुरबाट पाँच दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीले अभियुक्तलाई आइतबार पक्राउ गरी घटनाको अनुसन्धान अघि बढाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्