२३ जेठ २०८३, शनिबार

यी हुन् आफ्नै क्षेत्र जोगाउन नसक्ने शीर्ष नेता

कात्तिक २०, २०७४
यी हुन् आफ्नै क्षेत्र जोगाउन नसक्ने शीर्ष नेता
काठमाडौं, ६ असोज- केन्द्रीय राजनीतिमा हाबी रहेका मुख्य दलका शीर्ष नेता स्थानीय निर्वाचनमा भने आफ्नै गाउँ/नगरपालिकामा कमजोर देखिएका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालदेखि कांग्रेस नेता विमलेन्द्र निधिसम्म आफ्नै गाउँ/नगरको वडामा कमजोर देखिएका हुन् ।Madhesh-Vote-Count
शीर्ष नेताहरू आफैंले मतदान गरेका वडामा आफ्ना उम्मेदवारलाई जिताउन असफल भएका छन् । केही नेता भने आफ्नो वडामा मात्रै होइन, गाउँ/नगरकै प्रमुख पदमा समेत पार्टीका उम्मेदवारलाई जिताउन सफल भएका छन् । तर, यस्ता नेता आंशिक मात्रै छन् ।

पूर्वप्रधानमन्त्री माधव नेपालको गृहक्षेत्र हो, रौतहट गौर नगरपालिका-२ । त्यहाँको वडामा राजपा उम्मेदवार राकेशकुमार झाले चुनाव जितेका छन् । झाले एमालेका उम्मेदवार रामपरीक्षण राय यादवलाई २ सय २३ मतान्तरले पराजित गरे, अन्नपूर्ण पोस्टमा खबर छ ।
कांग्रेस नेता विमलेन्द्र निधिले मतदान गरेको वडामा पनि त्यस्तै अवस्था रह्यो । धनुषाको नगराइन नगरपालिका- २ मा निधिले मतदान गरेका थिए तर, त्यहाँ एमालेका वडाध्यक्ष उम्मेदवार नरेश यादवले प्यानलसहित जितेका छन् ।
एमाले नेता नागेन्द्र चौधरी पनि आफ्नै वडा जिताउन नसक्ने नेतामा पर्छन् । पर्सा पटेर्वा सुगौली गाउँपालिका-४ घर भएका चौधरीको वडामा नेपाल लोकतान्त्रिक फोरमले जितेको छ । लोकतान्त्रिक फोरमका राजेश्वर महतो थारू ५३५ मत ल्याएर विजयी भए । गाउँपालिका अध्यक्षमा भने एमालेकै हरिनारायण चौधरी विजयी भएका छन् ।
कांग्रेस नेता सरसफाइमन्त्री महेन्द्र यादवले पनि आफ्नो गाउँपालिकाको वडामा पकड जमाउन सकेनन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका- ३ मा राजपाका तेजुकमार यादव विजयी भएका छन् । उनले कांग्रेसका महानन्द यादवलाई पराजित गरेका हुन् ।
राजपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा, माओवादीकी उर्मिला अर्याल, कांग्रेसका फरमुल्लाह मन्सुरलगायतको वडामा भने मतगणना बाँकी नै छ ।

salt training

कमेन्ट गर्नुहोस्