०९ साउन २०८३, शनिबार

पाल्पामा अविरल वर्षाः सिद्धार्थ राजमार्गमा पहिरो, यात्रुबाहक जीप पुरियो

असोज १७, २०८०
बुटवल
पाल्पामा अविरल वर्षाः सिद्धार्थ राजमार्गमा पहिरो, यात्रुबाहक जीप पुरियो
फाइल तस्वीर ।

दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाऊ गाउँपालिका ५ कालीमाटीमा यात्रुबाहक जीप पुरिएको छ । 

जिल्ला प्रहरी कार्यालय, पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठका अनुसार घटनास्थलमा प्रहरी जाँदै छ । लु ३ च ५३४२ नम्बरको भ्यान पहिरोमा परेको हो ।  

‘अहिले सिद्धार्थ राजमार्ग अवरुद्ध छ । घटनास्थलमा प्रहरी पुग्दैछ । पुरिएका जीपबाट मानिसहरू निस्किएका छन् । विस्तृत विवरण आउन बाँकी छ,’ डीएसपी श्रेष्ठले भने । 

अहिले पनि यस क्षेत्रमा भारी वर्षा भइरहेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्