०८ साउन २०८३, शुक्रबार
खुल्यो ठप्प राजमार्ग

ट्रकको ठक्करबाट दुई स्कूले बालकको मृत्यु प्रकरणः अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

असोज १७, २०८०
काठमाडौं
ट्रकको ठक्करबाट दुई स्कूले बालकको मृत्यु प्रकरणः अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

ट्रकको ठक्करबाट दुई स्कूले बालकको मृत्यु भएपछि अवरुद्ध बनाइएको पृथ्वी राजमार्ग खुलेको छ । पढ्न गएका सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा बुधवार बिहान ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु भएपछि क्षतिपूर्तिको माग राख्दै विद्यार्थी, आफन्त तथा स्थानीयवासीले राजमार्ग बन्द गरेका थिए । 

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको ट्रकको ठक्करबाट बागेश्वरी माविमा कक्षा ८ मा अध्यनरत दुई बालकको मृत्यु भएपछि सडक अवरुद्ध गर्ने विद्यार्थी, स्थानीयवासी तथा मृतकका आफन्त र प्रहरीबीच छलफल गरी राजमार्ग सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले बताए ।

विद्यालयले विद्यार्थीका लागि बसको व्यवस्था गर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउने सहमतिमा राजमार्ग सञ्चालन गरिएको हो । ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जन प्रहरीको नियन्त्रणमा रहेका छन्  । 
 

salt training

कमेन्ट गर्नुहोस्