१० साउन २०८३, आइतबार

रिगललाई आममाफी दिने निर्णयविरुद्ध अनसन थालेकी चेतनपत्नी भारती सर्वोच्च परिसरमै ढलिन्

असोज १७, २०८०
काठमाडौं
रिगललाई आममाफी दिने निर्णयविरुद्ध अनसन थालेकी चेतनपत्नी भारती सर्वोच्च परिसरमै ढलिन्

आफ्ना श्रीमानको हत्या गर्ने योगराज ढकाल (रिगल)ले राष्ट्रपतिबाट कैद माफी मिनाहा पाएपछि अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् । 

कैद माफीको निर्णयविरुद्ध आफैंले दायर गरेको रिटमा तारेख धान्न सर्वोच्च पुगेकी भारती सर्वोच्च परिसरमै ढलेकी हुन् । उनलाई प्रहरीले वीर अस्पताल पुर्‍याएका छन् ।

भारतीले बुधवारदेखि नै माइतीघर मण्डलामा २ घण्टे आमरण अनशन थालेकी थिइन् ।

भारतीका श्रीमान् चेतन मानन्धरको नेपालगञ्जस्थित धम्बोजी चोकमा २०७२ साल असार २८ गते  खुँडा प्रहार गरी हत्या भएको थियो ।

चेतनको हत्यामा दोषी ठहर भएका रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्