२३ जेठ २०८३, शनिबार

धार्मिक तथा सामाजिक सद्‌भावमा खलल पुग्ने सामग्री प्रचारप्रसार नगर्न आग्रह

असोज १७, २०८०
काठमाडौं
धार्मिक तथा सामाजिक सद्‌भावमा खलल पुग्ने सामग्री प्रचारप्रसार नगर्न आग्रह
फाइल फोटो

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मंगलवार दिउँसो १ बजेदेखि जारी भएको निषेधाज्ञा (कर्फ्यु) यथावत् रहेको छ । 

जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत विष्णु शाहनीले आज जारी गरेको विज्ञप्तिमा निषेधाज्ञाका क्रममा भएको झडपमा पाँच सुरक्षाकर्मी र १७ सर्वसाधरणसहित २२ जना घाइते भएका तथा उनीहरूमध्ये २१ जना उपचारपछि घर फर्केका र एक जनाको भेरी अस्पतालमा उपचार भइरहेको उल्लेख छ । 

स्थानीय प्रशासनले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच झडप भएको भन्दै नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्‌भावमा खलल पुग्ने सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै किसिमको सामग्री प्रचारप्रसार नगर्न/नगराउन अनुरोध गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले सद्‌भावको शहरका रुपमा रहेको नेपालगञ्जको गरिमालाई कायम राख्न राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, आम नागरिकले आफ्ना क्षेत्रबाट शान्ति स्थापनामा योगदान पुर्‍याउनसमेत आग्रह गरेको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले सबै पक्षसँग संवादका लागि प्रक्रिया थालिएको तर बैठक बस्ने समय भने निश्चित नभएको जानकारी दिए ।

उनले निषेधाज्ञामा कडाइ गरिएको उल्लेख गर्दै भारतबाट जमुनाह नाका हुँदै नेपाल आउने नागरिकलाई गन्तव्यसम्म पुर्‍याउन थालिएको जानकारी दिए । 

प्रहरी चौकी जमुनाहाका वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले अहिलेसम्म एक हजार पाँच सय नेपालीलाई गन्तव्यमा पुर्‍याइएको जानकारी दिए । 

उनले भारतको सिम्ला, कालापहाड, दिल्ली लगायतका ठाउँबाट दशैं मनाउन घर फर्केका नागरिकलाई राँझाचोकसम्म पुर्‍याइएको र त्यहाँबाट नागरिकहरू गन्तव्यमा पुगिरहेका पनि बताए ।

salt training

कमेन्ट गर्नुहोस्