०५ साउन २०८३, मंगलबार

कर्फ्युका कारण सीमामा अलपत्र दुई हजार नेपालीलाई गन्तव्यतर्फ पठाइँदै​​​

असोज १७, २०८०
बाँके
कर्फ्युका कारण सीमामा अलपत्र दुई हजार नेपालीलाई गन्तव्यतर्फ पठाइँदै​​​
फाइल फोटो

नेपालगञ्जमा लागेको कर्फ्युका कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन शुरू गरिएको छ ।​

कर्फ्युका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन शुरू गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टले बताए ।

उनका अनुसार सीमा क्षेत्रमा दुई हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा रहेका छन् । 

यातायात व्यवसायीसँग समन्वय गरेर सीमा क्षेत्रमा रोकिएका सबै यात्रुलाई सुरक्षित गन्तव्यसम्म पठाउन थालिएको हो । 

जमुनाहादेखि राँझासम्म पहिलो चरणमा करिब पाँच सय नेपाली पठाइएको प्रहरीले जनाएको छ । 

दशैं नजिकिँदै गर्दा भारतमा कामका लागि गएका नेपाली फर्किने क्रम बढ्न थालेको छ । भारतको सिमला, दिल्ली, पञ्जाबलगायतका क्षेत्रमा नेपाली कामका लागि जाने गर्दछन् । ​

कर्फ्यु​पछि नेपालगञ्ज बजार बिहानैदेखि शान्त रहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलबार दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कपर्यु जारी गरेको थियो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार आज बिहानसम्म कर्फ्यु उल्लङ्घनका घटना भएका छैनन् ।

यद्यपि केही व्यक्तिहरू बिहानको हिँडाइ (मर्निङवाक) मा निस्किएको देखिएको थियो । 

प्रहरीका अनुसार त्यस्ता व्यक्तिहरूलाई सम्झाइबुझाइ घर पठाइएको छ । कर्फ्यु उल्लङ्घन नगर्नका लागि प्रहरीले माइकिङ गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्