०६ असार २०८३, शनिबार

जल उत्पन्न प्रकोप नियन्त्रण दाङका इन्जिनियर रानाभाटविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा

असोज १७, २०८०
काठमाडौं
जल उत्पन्न प्रकोप नियन्त्रण दाङका इन्जिनियर रानाभाटविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा
फाइल फोटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले उनीविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

इन्जिनियर रानाभाटले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा उनले  सार्वजनिक सेवामा प्रवेश गरेको २०४६/०३/३० देखि २०७९।०७।०६ सम्मको समग्र आय (आम्दानी) तथा व्यय (खर्च तथा लगानी) को विश्लेषण गर्दा ३ करोड १५ लाख ८१  हजार ६६ रुपैयाँ ८० पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको देखिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार रानाभाटले सार्वजनिक सेवाको पदमा रहेर पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती राधा रानाभाटको नाममा जग्गाहरू खरिद, घर निर्माण, शेयर खरिद तथा बैंक खातामा राखेका थिए ।

स्रोत नखुलेको रकम बमोजिमको बिगो कायम गरी बिगो जफत प्रयोजनका लागि श्रीमती राधालाई समेत प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्