![यू-१९ प्रिमियर कपका लागि देव खनालको नेतृत्वमा नेपाली टोली घोषणा [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/dev-khanal_ODDgSVOsTe.jpg)
एसीसी यू-१९ प्रिमियर कपका लागि नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले देव खनालको नेतृत्वमा बुधवार १८ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा कप्तान खनालका अलावा आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा, दीपक बोहरा, उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुबास भण्डारी, विशाल केसी र मिलन बोहरा छन् ।
वैकल्पिक खेलाडीमा प्रज्ज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव रहेका छन् ।
प्रतियोगिता यही असोज २५ गतेदेखि मलेसियामा हुँदैछ ।
१६ टीम सहभागी प्रतियोगिताबाट शीर्ष ३ टीम पाकिस्तानमा आगामी डिसेम्बरमा हुने यू-१९ एसिया कपमा छानिने छन् ।
नेपाल रहेको समूहमा बहराइन, साउदी अरेबिया र इरान छन् ।