१२ असार २०८३, शुक्रबार

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा के–के विषयमा भए छलफल ?

असोज १७, २०८०
काठमाडौं
राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा के–के विषयमा भए छलफल ?

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बुधबार बसेको छ । बैठकमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण सम्बन्धी समीक्षा भएको जनाइएको छ । 

प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्‌को सचिवालयमा सम्पन्न बैठकमा पछिल्ला केही दिनहरुमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने गरी भएका गतिविधिहरुबारे छलफल भएको छ ।

यस्तै विभिन्न प्रदेशहरुको सुरक्षा स्थिति, बढ्दो सामाजिक सञ्जालको दुरुपयोग लगायतका राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय र घटनाहरु तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनु पर्ने भावी रणनीति सम्बन्धी विषयमा पनि छलफल भएको महासेनानी रामकाजी थापाले जानकारी दिए । 

यस्तै बैठकले परिषद्को पाँचौं वार्षिक प्रतिवेदन संविधानको भाग २८ को धारा २६६ को उपधारा (३) बमोजिम स्वीकृत पनि गरेको छ । सो प्रतिवेदनराष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने निर्णय भएको खड्काले जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री सहित उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिव, प्रधान सेनापति र रक्षासचिवको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्