०२ साउन २०८३, शनिबार

कर्णाली नदी तर्ने क्रममा तुइनको डोरी चुडिँदा १ जना बेपत्ता

असोज २१, २०८०
काठमाडौं
कर्णाली नदी तर्ने क्रममा तुइनको डोरी चुडिँदा १ जना बेपत्ता

सिमकोट– हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् ।

सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिवार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरू गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ । 

कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार ल्याप्चेमा रहेको घाटमा तुइनबाट खसेर बेपत्ता भएको थिए ।

कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा विभिन्न १८ निर्माण समूहले काम गर्दै आएका थिए । –रासस–

salt training

कमेन्ट गर्नुहोस्