०३ साउन २०८३, आइतबार

बन्दीपुर अस्पतालको भौतिक संरचना निर्माणका लागि नेको इन्स्योरेन्सद्वारा आर्थिक सहयोग

असोज २१, २०८०
काठमाडौं
बन्दीपुर अस्पतालको भौतिक संरचना निर्माणका लागि नेको इन्स्योरेन्सद्वारा आर्थिक सहयोग

नेको इन्स्योरेन्सले तनहुँको बन्दीपुर सामुदायिक अस्पताललाई आर्थिक सहयोग गरेको छ ।

देशको निर्जीवन बीमा बजारमा विगत २७ वर्षदेखि सेवा पुर्‍याइरहेको इन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई सहयोग गरेको हो । ‘गण्डकी प्रदेशको तनहुँ जिल्ला बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पताल (सामुदायिक अस्पताल)लाई ११ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ ।’ इन्स्योरेन्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालको भौतिक संरचना निर्माणका लागि कम्पनीले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत रकम प्रदान गरेको हो ।

अस्पतालमा आयोजित एक समारोहमा कम्पनीका अध्यक्ष रोहितकुमार भट्टराईले बन्दीपुर अस्पताल एवं बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापालाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरका कम्पनीका सञ्चालक प्रेमकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्कासमेतको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्