३१ जेठ २०८३, आइतबार

हुम्ला जिप दुर्घटनामा घाइते भएका वडा अध्यक्षसहित ३ जनालाई सेनाको हेलिकप्टरमार्फत् उद्धार

असोज २१, २०८०
काठमाडौं
हुम्ला जिप दुर्घटनामा घाइते भएका वडा अध्यक्षसहित ३ जनालाई सेनाको हेलिकप्टरमार्फत् उद्धार

हुम्ला सदरमुकाम सिमकोटमा जिप दुर्घटनामा परी घाइते भएका यात्रुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

गम्भीर घाइते तीन जनालाई उद्धार गरी केहीबेर अघि बाँकेको नेपालगन्ज लगिएको सेनाले जनाएको छ ।

सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको बा २१ च ७३५३ नम्बरको जिप मानसरोवर मावि नजिक दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका सिमकोट गाउँपालिका–२ का वडाध्यक्ष ३७ वर्षीय देवजङ बोहरा, सोही गाउँपालिका वडा नं ३ का वडाध्यक्ष ३५ वर्षीय पामा लामा र वडा नं का ४ का ध्रुर्वबहादुर शाहीलाई सेनाको हेलिकप्टरमा नेपालगन्ज लगिएको हो ।

सामान्य घाइते यात्रुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्