११ साउन २०८३, सोमबार

देश र जनताको सेवामा समर्पित हुन सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

असोज २१, २०८०
काठमाडौं
देश र जनताको सेवामा समर्पित हुन सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
फाइल फोटो

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो योग्यता र क्षमता देशका निम्ति लगाउन सशस्त्र प्रहरी बल (एपीएफ)का सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आज भएको सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन् ।

देशमा शान्तिसुरक्षा कायम गर्ने तथा सुव्यवस्था सुनिश्चित गर्ने गहन एवं संवेदनशील जिम्मेवारी निर्वाहका निम्ति बदलिँदो परिस्थितिअनुरुप आफूलाई ढाल्नुपर्ने उनको भनाइ थियो ।

प्रविधि एवं आर्थिक समस्यासँगै बढिहेको सुरक्षा चुनौतीलाई परास्त गर्न उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै देश र जनताका निम्ति योगदान गर्न उनले निर्देशन दिए ।

प्रहरी कर्मचारीको क्षमता वृद्धिलाई आफूले प्राथमिकतामा राखेको बताउँदै गृहमन्त्रीले सशस्त्र प्रहरी बललाई सीमा क्षेत्रमा परिचान हुने विशेष दस्ताका रुपमा विकास गर्न चाहेको जानकारी दिए ।

प्रतिकूल परिस्थितिमा देश र जनताको सेवामा हरहमेसा समर्पित हुन दीक्षित प्रहरी निरीक्षकहरूलाई उनको निर्देशन थियो ।

salt training

कमेन्ट गर्नुहोस्