
आज (सोमबार)बाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए ।
उनका अनुसार गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच आजदेखि बुकिङ खुला गर्ने सहमति भएको थियो ।
यसअघि व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएका थिए । तर, सरकारसँग भएको छलफलमा व्यवसायी पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् ।
दशैंको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।
विगतका वर्षमा दशंँ शुरू हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो।