०२ असार २०८३, मंगलबार

आजदेखि अग्रिम टिकट बूकिङ खुला, नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको भीड

असोज २२, २०८०
काठमाडौं
आजदेखि अग्रिम टिकट बूकिङ खुला, नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको भीड

सरकारले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बूकिङ खुला गरेको छ । सरकारले सङ्घीय राजधानी काठमाडौंबाट चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बूकिङ खुला गरेको हो । 

अग्रिम टिकट बूकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । नयाँ बसपार्कमा गत वर्षहरूका तुलनामा यस वर्ष यात्रुको भीडभाडसमेत बढेको छ ।​

null

अग्रिम टिकट बूकिङ काउन्टरमा पश्चिमको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायत ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौलाले यसपालिको दशैँमा घर जान यात्रुले सहजै टिकट पाउने बताए । 'राजमार्ग बिग्रिएको कारण काठमाडौँ आउजान सार्वजनिक सवारी साधनलाई केही समय लाग्ला तर बस नपाएर कोही यात्रु रोकिनु पर्दैन,' उनले भने । 

null

सरकारले दशैँका लागि देशका सबै क्षेत्रको यातायातको लागि रोड परमिट खुला गर्ने तयारी गरेको छ । हरेक वर्ष दशैँ मनाउन सङ्घीय राजधानी काठमाडौँबाट २० देखि २२ लाख यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ महानगरपालिका र यातायात व्यवस्था विभागको सहकार्यमा दशैँमा घर जाने यात्रुको सहयोगको लागि काठमाडौँ उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष राख्न लागेको छ ।

null

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले यात्रु सहायता कक्ष १३ स्थानमा राख्नेगरी तयारी भइरहेको बताए । 'अहिलेको अवस्थामा सात स्थानमा राखिसकेका छौँ, १३ स्थानमा राख्छौँ, आवश्यक परे अन्य स्थानमा समेत थप गर्न सकिन्छ,' उनले भने । उनले यात्रु सहायता कक्षमार्फत यात्रुको समस्या सम्बोधन गरिने बताए । 

null

यस वर्षको अग्रिम टिकट बूकिङका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा २४ टिकट बूकिङ काउण्टर थप गरेको छ । जसबाट अहिले अग्रिम टिकट वितरण भइरहेको छ ।

null

सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बूकिङ खुला गरे पनि छोटो दूरीका सवारी साधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ ।

null

काठमाडौँ महानगरपालिका–२६ गोँगबु विष्णुमती खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६८ भन्दा बढी जिल्लामा दैनिक एक हजार हाराहारीमा सार्वजनिक सवारीसाधन ओहोरदोहोर गर्दै आएका छन् ।

null

salt training

कमेन्ट गर्नुहोस्