
इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक मन्त्रालयमा बसिरहेको छ।
संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर इजरायलमा रहेका नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्न आवश्यक निर्णय लिने छ।
यस्तै समन्वय तथा सहयोग गर्नेलगायत सम्पूर्ण कामहरू यसै संयन्त्रले गर्ने छ ।
इजरायलमा रहेका नेपालीमध्ये हमासको हमलामा परी १० जनाको मृत्यु भइसकेको छ ।