
व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेको छ ।
सोमवार दिउँसो एल्लो पगोडा होटलमा पत्रकार सम्मेलनका लागि पुगेका प्रसाईंमाथि कालोमोसो दलिएको हो ।
उनलाई कसले र किन कालोमोसो दलेको हो भन्ने खुल्न नसकेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलले लोकान्तरलाई जानकारी दिए ।
प्रसाईंले राष्ट्रलाई लुटेर धनी भएकाहरूको नाम तथा फोटो सार्वजनिक गर्ने भन्दै पत्रकार सम्मेलन गरेका थिए ।
कालोमोसो दल्नेहरूको खोजी भइरहेको ढुंगेलले बताए ।