०६ असार २०८३, शनिबार
मन्त्रिपरिषद् बैठक

इजरायलमा घटना : *मंगलवार राष्ट्रिय झण्डा आधा झुकाउने, मृतकका परिवारलाई १० लाख

असोज २२, २०८०
काठमाडौं
इजरायलमा घटना : *मंगलवार राष्ट्रिय झण्डा आधा झुकाउने, मृतकका परिवारलाई १० लाख
फाइल फोटो

इजरायलमा हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको शोकमा मंगलवार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय सरकारले गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मंगलवार राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

साथै, मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने र नेपाल आउन चाहने नेपालीलाई यथाशीघ्र स्वदेश फिर्ता गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकबाट बाहिरिने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सार्वजनिक बिदाको निर्णय समेत भएको भन्दै 'टिपोट' सञ्चारकर्मीलाई उपलब्ध गराएका थिए ।

मन्त्री किरातीले उपलब्ध गराएको 'टिपोट'

तर, प्रवक्ता शर्माले भने सार्वजनिक बिदाको निर्णय नभएको जानकारी दिइन् ।

साथै, बैठकले नेपालीको शव ल्याउँदा दृश्य खिच्न र सञ्चारमाध्यममा प्रशारण गर्न रोक लगाउने निर्णय पनि गरेको छ ।

*मंगलवार शोक मनाउने निर्णय भएको हुनुपर्नेमा अन्यथा भएकाले सच्च्याइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्