०७ असार २०८३, आइतबार
बाढीको बितण्डा

सिक्किममा १० जना नेपाली बेपत्ता

असोज २२, २०८०
विराटनगर
सिक्किममा १० जना नेपाली बेपत्ता

भारतको सिक्किममा  १० जना नेपाली बेपत्ता भएका छन् ।  उनीहरू सबै इलाम नगरपालिका–९ का रहेको बताइएको छ । 

यही असोज १६ देखि उनीहरू बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा इलाम नगरपालिका–९ का सेनबहादुर कार्की (सानु), लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत र कुमार बस्नेतलगायत १० जना रहेका छन् ।

उनीहरूलाई यही असोज १७ गते टिस्टा नदीमा आएको बाढीले बगाएको हुन सक्ने स्थानीय विक्रमबाबु फियाकले आशंका गरे ।

यी १० जना रोजगारीका लागि सिक्किम पुगेका नेपाली रहेको बताइएको छ ।  

कार्की र शेर्पा मात्रै बेपत्ता भएको विषय आफूलाई जानकारीमा आएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । 

कमेन्ट गर्नुहोस्