२८ असार २०८३, आइतबार

इजरायलस्थित नेपाली दूतावासले भन्यो– उद्धार तथा स्वदेश फिर्तीका लागि सूचना संकलनको काम शुरू भयो

असोज २२, २०८०
काठमाडौं
इजरायलस्थित नेपाली दूतावासले भन्यो– उद्धार तथा स्वदेश फिर्तीका लागि सूचना संकलनको काम शुरू भयो

इजरायलस्थित नेपाली राजदूतावासले नेपालीहरूको उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिष्ट्रेशनसम्बन्धी सूचना जारी गरेको छ । 

आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनमा आधार प्राप्त होस् भन्ने हेतुले आफूले सूचना संकलनको काम शुरू गरेको जानकारी दिँदै दूतावासले सोमवार साँझ सूचना जारी गरेको हो ।

यस प्रक्रियामा सहभागी हुन इच्छुक नेपाली नागरिकले दूतावासको वेबसाइटमा राखिएको लिंकमा क्लिक गरी रजिष्ट्रेशन गर्न अनुरोध गरिएको छ । 

‘इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा-त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनमा आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम शुरू गरेको छ,’ सूचनामा भनिएको छ, ‘यस प्रक्रियामा सहभागी हुन इच्छुक नेपाली नागरिकहरूले दूतावासको वेभसाइटमा राखिएको लिंकमा क्लिक गरी रजिष्ट्रेशन गर्नुहुन आह्वान गर्दछौं ।’

यस सम्बन्धमा थप जानकारी आवश्यक भएमा दूतावासमा सम्पर्क गर्नसमेत सूचनामा भनिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्