×

NIC ASIA

नवजात शिशु बिक्री प्रकरणः हस्पिटलका सञ्चालकलाई उन्मुक्ति, डाक्टर कर्णसहित ६ जनाविरुद्ध मुद्दा दर्ता

विराटनगर | असोज २२, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

नवजात शिशु बिक्री गरेर बेपत्ता पारेको कसुरमा पक्राउ परेका ग्रीनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई उन्मुक्ति दिएर जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको छ ।

चिकित्सकसहित ६ जनालाई मात्र प्रतिवादी बनाएर मुद्धा दायर गरिएको हो  । पक्राउ परेका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णसहित ६ जनाविरुद्ध मात्र मोरङ अदालतमा सोमवार साँझ मुद्दा दायर भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णसहित ६ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा अपहरण तथा व्यक्ति बेपत्ता, एकीकृत कसुरसम्बन्धी मुद्दा दायर गरेको जिल्ला न्यायाधिवक्ता सुवासकुमार भट्टराईले जानकारी दिए ।  यस घटनामा प्रहरीले सात जनालाई पक्राउ गरेको थियो ।


Advertisment
Rupse Holidays
Nabil box

पक्राउ परेकामध्ये खवासले व्यवस्थापकको जिम्मेवारी सम्हालेको हस्पिटलबाट चिकित्सक कर्णले पाँच लाख रुपैयाँ लिएर नवजात शिशु निःसन्तान दम्पतीलाई बिक्री गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

Vianet communication

नवजात शिशु बिक्रीको घटनामा अभिलेख नराखेको र हस्पिटल सञ्चालक खवासको पनि संलग्न रहेको भन्दै मतियार बनाएर प्रहरीले पक्राउ गरेको थियो । तर, जिल्ला सरकारी वकिलको कार्यालयले खवासको हकमा सबुत प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको छ । 

नवजात शिशु खरिद गर्ने, हस्पिटलका सरसफाइकर्मी, पाँच लाखमा शिशु बेच्ने डाक्टर तपेश्वरलाल कर्णका सहयोगी नर्स र शिशुको बाबुलाई मात्र प्रतिवादी बनाएर अभियोग दायर गरेको छ । 

अभियोग पत्रमा ग्रीनक्रस अस्पतालमा कार्यरत सरसफाइकर्मी सुधा राजबंशी, कटहरी गाउँपालिका २ की दिलमाया राजबंशी, ३० वर्षीय सूर्यनारायण राजबंशी, सिराहाको कल्याणपुर नगरपालिका १२ की नर्स निर्मला यादव, शिशुका बाबु भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रतिवादी बनाएको छ । उनीहरूलाई तीनवटा मुद्दामा संयुक्त रूपमा १५ देखि २० वर्षसम्म कैदको माग दाबी लिएर अभियोग दर्ता गरिएको छ । अपहरणतर्फ सात वर्षदेखि १० वर्षसम्म कैद, व्यक्ति बेपत्तामा १५ वर्षसम्म माग दाबी लिएर अभियोग दर्ता भएको छ । अदालतमा मुद्दा दर्ता भएकाले मङ्गलवार प्रतिवादीहरूको बयान हुने र बयान सकिए सोहीदिन बहस हुने अदालतका सूचना अधिकारी होम सुवेदीले जानकारी दिए । 

भोजपुर हतुवा गढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी २६ वर्षीया प्रेमिको सम्बन्धबाट असार १४ मा छोरी जन्मिएकी थिइन् ।

विराटनगरको ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजबंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो । प्रहरीले उनीसहित अपराधमा संलग्न सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको छ ।

डा कर्णको क्लिनिक ग्रीनक्रस अस्पतालनजिक छ । आफ्नो क्लिनिकमा आएकी गर्भवती युवतीलाई ग्रीनक्रसमा सुत्केरी गराएर अस्पतालकी सफाइ कर्मचारी सुधा राजबंशी र क्लिनिककी सहयोगी नर्स निर्मला यादवमार्फत डा कर्णले कटहरी–२ की दिलमाया राजबंशी र उनका छोरा सूर्यनारायणलाई उक्त शिशु पाँच लाखमा बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x