०५ साउन २०८३, मंगलबार

भोलिका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्ने रास्वपाको निर्णय

असोज २२, २०८०
काठमाडौं
भोलिका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्ने रास्वपाको निर्णय
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबारका लागि तय भएका सम्पूर्ण पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ । इजरायलमा प्यालेस्टानको हमास समूहको आक्रमणमा परी १० जना नेपालीले मृत्यु भएपछिको राष्ट्रिय शोकको अवस्थालाई मध्यनजर गर्दै सबै कार्यक्रमहरु स्थगित गरिएको हो । 
सोमबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले  यस्तो निर्णय गरेको दलका  प्रमुख सचेतक सन्तोष परियारले बताए । इजरायलमा उद्दारको पर्खाइमा धेरै नेपााली रहेकोले प्रभावकारी कूटनीतिक पहल गर्न समेत बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । 

 इजरायलको घटनाले सम्पूर्ण नेपालीहरू शोकमा परेको बताउँदै  राष्ट्रिय स्वतन्त्र पार्टीले यो घटनाको घोर भर्त्सना गर्ने निर्णय गरेको पनि परियारले बताए । प्रधानमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठकमा पार्टी सभापति रवि लामिछानेले घटनाका घाइते तथा अलपत्र परेकाहरुको उद्धारमा सरकारलाई महत्त्वपूर्ण सुझाव दिएको पनि उनले बताए ।  साथै पार्टीले यही असोज २९ र ३० गते नीति मन्थन कार्यशाला गर्ने निर्णय गरेको परियारले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्