
रसुवाको आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत–२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार नेशिङ्बाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सोमबार साँझ सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।