२६ जेठ २०८३, मंगलबार
अरिङ्गालले टोकेर मृत्यु

अरिङ्गालले टोकेर एकै परिवारका दुई बालिकाको मृत्यु, हजुरआमा घाइते

असोज २३, २०८०
काठमाडौं
अरिङ्गालले टोकेर एकै परिवारका दुई बालिकाको मृत्यु, हजुरआमा घाइते

जाजरकोटको कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् ।  

घाइते निर्जलाको उपचार गर्न छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा सोमबार बाटोमै मृत्यु भएको टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए । यस्तै सुस्मिताको आइतबार बेलुकी नै मृत्यु भएको थियो । 

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले टोकेर घाइते भएको प्रमुख बस्नेत बताए । 

उनीहरूलाई गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालले टोकेको थियो । 

अरिङ्गालले टोकेपछि तत्काल स्वास्थ्यकर्मीलाई खबर नगर्दा बालिकाको मृत्यु भएको प्रमुख बस्नेतले बताए ।

salt training

कमेन्ट गर्नुहोस्