
लुमिनसले ‘एक्स–चेन्ज महा उत्सव २०८०’ अफरको सार्वजनिक गरेको छ ।
पावर ब्याकअप सोलुसनको क्षेत्रमा अग्रणी र ख्याति प्राप्त अन्तर्राष्ट्रिय ब्रान्ड लुमिनसले दशैं–तिहार र छठलाई चाडपर्वलाई लक्षित गर्दै अफर सार्वजनिक गरेको हो । जसो नारा ‘युज योर ईएक्स – टु गेट योर नेक्स्ट’ रहेको छ ।
लुमिनसको यस फेस्टिवल एक्स–चेन्ज अफर अन्तर्गत ग्राहकहरूले नयाँ लुमिनस ब्याट्रीसँग कुनै पनि ब्रान्डको पुरानो ब्याट्री एक्सचेन्ज गरी ब्याट्रीको अधिकतम खुद्रा मूल्य – एमआरपी रकममा ३५ प्रतिशतसम्म छुट पाउन सक्ने छन् ।
कम्पनीका अनुसार एक्सचेन्ज अफर १०० एम्पीएरभन्दा माथिका ब्याट्रीहरूमा लागू हुनेछ । साथै ग्राहकहरूले उही ब्याट्री एम्पीयरसँग एक्सचेन्ज गर्नुपर्ने छ।
अफरले हरेक नेपालीको घर र हृदयलाई उज्यालो बनाउने कम्पनीले विश्वास लिएको छ ।
उक्त एक्स–चेन्ज अफर २१ असोजदेखि ३ मंसिरसम्म लागू कम्पनीले जनाएको छ ।