३१ जेठ २०८३, आइतबार

शून्य लागतमा श्रमिक लैजान जर्मनीसँग सम्झौता

असोज २४, २०८०
काठमाडौं
शून्य लागतमा श्रमिक लैजान जर्मनीसँग सम्झौता

जर्मनी नागरिकसरह सेवा सुुविधा पाउने गरी नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजाने विषयमा नेपाल र जर्मनी सरकारबिच द्विपक्षीय श्रम समझदारीमा हस्ताक्षर सम्पन्न भएको छ ।

 जर्मनीमा   मङ्गलबार   भएको   एक   औपचारिक कार्यक्रममा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री शरत्सिंह भण्डारी  र  जर्मनी  सरकारको  तर्फबाट  त्यहाँको  मानव संसाधन मन्त्रालयका उच्च प्रतिनिधिबिच नेपालबाट शून्य लागतमा प्रशिक्षार्थी श्रमिक लैजाने विषयको समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

युरोपेली देश रोमानियासँग श्रममन्त्री भण्डारी नेतृत्वको उच्चस्तरीय टोलीले गएको शुव्रmबार मात्र द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको थियो । श्रम   समझदारी   अनुसार   जर्मनीमा   रोमानियामा जसरी श्रम स्वीकृति नभई अनलाइन प्रणालीबाट आवेदन माग गरेर एकवर्षे प्रशिक्षार्थीका रूपमा जर्मनी जान सक्ने छन् । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्