०६ असार २०८३, शनिबार

'हाम्रो पे'को क्युआरमा भुक्तानी गर्दा अब कोइली कराउने

असोज २४, २०८०
काठमाडौं
'हाम्रो पे'को क्युआरमा भुक्तानी गर्दा अब कोइली कराउने

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट 'हाम्रो पे'बाट भुक्तानी गर्दा अब कोइली कराएको आवाज आउने भएको छ । हाम्रो पेले बुधबार काठमाडौंस्थित कुकर कफीबाट कोइली अडियो क्यूआरको शुरूआत गरेको हो ।

बिज क्राफ्ट कम्पनीले तयार पारेको कोइली नामक अडियो उपकरण तथा साउण्ड बक्समार्फत् हाम्रो पेको भुक्तानी सफल भएको जानकारी आवाजमै सुन्न सकिने भएको हो ।
 
हालको अवस्थामा ग्राहक तथा मर्चेन्टले क्यूआर भुक्तानी गर्दा तत्काल कारोबार सफल भए/नभएको तत्कालै थाहा नहुने, एसएमएस समयमै नआइदिने, मर्चेन्टकहाँ भुक्तानी प्राप्त गर्ने व्यक्तिसँगै लिङ्क गरिएको मोबाइल नहुनेजस्ता समस्या बेहोर्दै आएका छन् । 

सोही समस्या समाधान गर्न हाम्रो पेले अडियोसहितको क्यूआर ल्याएको हो । 

हालै मात्र हाम्रो पेले विभिन्न २० ओटा वालेटमा रकम पठाउन सकिने फिचर ल्याएको थियो । 

मर्चेन्टका हाम्रो पेको क्यूआरमा जुनसुकै वालेटबाट भुक्तानी गर्दा रकमसहित कारोबार सम्पन्न भएको तथा रकम प्राप्त भएको जानकारी आवाजमै दिने व्यवस्था मिलाएको हो । 

हाम्रो पेको मर्चेन्ट क्यूआर लिन हाम्रो पे तथा हाम्रो पात्रोमा सम्पर्क गर्नुपर्ने हुन्छ । जुन हाल निःशुल्क रूपमा उपलब्ध रहेको छ ।

तर ‘कोइली’ अडियोसहितको क्यूआरका लागि भने सो अडियो डिभाइस खरिद गर्ने वा मासिक निश्चित शुल्क तिर्ने रेन्टल गरी दुई विकल्प दिइएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्