काठमाडौं, २७ पुस — आजका मितिसम्म त तपाईंले महिला नै गर्भवती भएको र आमा बनेको देख्नुभएको होला । यही प्राकृतिक नियम हो ।

तर अब आएर पुरुषले पनि बच्चा जन्माउने भएका छन् । बेलायतमा महिलाबाट पुरुष हुन लागेको एक व्यक्तिले छिट्टै एउटा बच्चा जन्माउने भएको छ ।
फेसबूकमा एकजना वीर्यदाता भेटेपछि उक्त व्यक्ति गर्भधारण गरेर बच्चा जन्माउन ठिक्क परेको छ । कानूनी रूपमा उसलाई पुरुष मानिसकिएकाले बच्चा जन्माउने प्रथम पिता हुनेछ ऊ ।
लन्डनमा बस्ने २० वर्षीय हेडन क्रस महिलाबाट पुरुष बन्ने प्रक्रियामा छ । उसको हर्मोनहरूको ट्रिटमेन्ट चलिरहेको छ । तर यसअघि नै ऊ एउटा बच्चा पाउन चाहन्थ्यो ।
त्यसैले अहिले अर्काको वीर्य लिएर गर्भधारण गर्दै चार महिनाको गर्भ बसाइसकेको छ । बच्चा पाएपछि चाहिँ उसले पूर्ण रूपमा पुरुष बन्ने प्रक्रिया चलाउनेछ ।
अनि पुरुष भएपछि उसका स्तन र गर्भाशय हटाइनेछ । बच्चालाई स्तनपान गराउन पाउनेछैन उसले ।
एजेन्सी