०८ साउन २०८३, शुक्रबार
कोशीमा सरकार गठनको किचलो

कांग्रेस प्रदेश कार्यसम्पादन समिति बैठक– हस्ताक्षर फिर्ता लिन शेखर पक्षलाई आग्रह

असोज २६, २०८०
काठमाडौं
कांग्रेस प्रदेश कार्यसम्पादन समिति बैठक– हस्ताक्षर फिर्ता लिन शेखर पक्षलाई आग्रह

कोशी कांग्रेसमा डा. शेखर कोइराला पक्षले विद्रोह गरी केदार कार्कीलाई उम्मेदवारमा अगाडि सारेपछि प्रदेश कार्यासम्पादन समितिको बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ । 

शुक्रवार बसेको समिति बैठकले केन्द्रीय गठबन्धनले गरेको निर्णय अनुमोदन गर्ने, केदार कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गर्ने कार्कीसहितका ८ सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने, पार्टीलाई एकताबद्ध बनाउन कोही संसदीय दललाई अनुरोध गर्ने र  केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार कांग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरेको जानकारी प्रदेश महामन्त्री उमेश थापाले दिए । 

मुख्यमन्त्रीमा सत्ता गठबन्धनबाट इन्द्र आङ्बो र कांग्रेसबाट विद्रोह गरेर केदार कार्कीले दाबी पेश गरेका छन् । 

कांग्रेसका सांसदको हस्ताक्षर दुवै उम्मेदवारतिर देखिएपछि प्रदेश प्रमुखलाई मुख्यमन्त्री नियुक्त गर्न असहज भएको छ । 

शेखर पक्षका कार्कीको उम्मेदवारी फिर्ता गराउन आग्रह गरिए पनि नलिने अडान सो समूहले लिएको छ । 

उम्मेदवारी दाबी गर्ने समय आजै ५ बजेपछि सकिने भएकाले प्रदेश प्रमुख परशुराम खापुङले के गर्छन् भन्ने विषयमा सबैको चासो छ ।
 

salt training

कमेन्ट गर्नुहोस्