२३ असार २०८३, मंगलबार

दुई वर्ष पुराना मुद्दा चालू आर्थिक वर्षमै फर्छ्यौट गर्ने काठमाडौं जिल्ला अदालतको लक्ष्य

असोज २६, २०८०
काठमाडौं
दुई वर्ष पुराना मुद्दा चालू आर्थिक वर्षमै फर्छ्यौट गर्ने काठमाडौं जिल्ला अदालतको लक्ष्य

काठमाडौं जिल्ला अदालतले दुई वर्ष पुराना मुद्दा चालू आर्थिक वर्षभित्र फर्छ्यौट गर्ने भएको छ । 

दुई वर्ष पुराना मुद्दा शून्यमा झार्ने सर्वोच्च अदालतको अभियानअनुसार जिल्ला अदालतले आगामी असार मसान्तसम्ममा त्यस्ता मुद्दा फर्छ्यौट गर्ने जनाएको हो । हाल उक्त अदालतमा दुई हजार नौ सय ८७ वटा दुई वर्ष पुराना मुद्दा छन् ।

अदालत परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौं अदालतका जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीले दुई वर्ष पुराना सबै मुद्दा असार मसान्तसम्ममा फर्छ्यौट गर्ने लक्ष्य रहेको बताए । 

साथै ती मुद्दामा पेसी स्थगित नहुने गरी सुनुवाइ गरिरहेको उनले जानकारी दिए । 

उक्त अदालतमा दुई वर्ष पुरानासहित हाल ३१ हजार तीन सय ३६ मुद्दा विचाराधीन छन् ।

salt training

कमेन्ट गर्नुहोस्