२४ जेठ २०८३, आइतबार

समाजवादी मोर्चा रूपन्देहीको नेतृत्वमा शरद वली

असोज २६, २०८०
बुटवल
समाजवादी मोर्चा रूपन्देहीको नेतृत्वमा शरद वली

समाजवादी मोर्चा रूपन्देहीको प्रथम भेलाले शरद वलीको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको छ । 

मोर्चाको सदस्यहरूमा नेकपाका वीरेन्द्र सी र उषा सी, नेकपा माओवादी केन्द्रका निर्मल जीसी, रिज्जु श्रेष्ठ र सन्तकुमार यादव, एकीकृत समाजवादीका श्रीराम यादव, सरिता श्रीष र टंक पोखरेल, जसपाका सियाराम यादव, सुनिता खडलुक र विष्णु अधिकारी रहेका छन् ।

भेलाले पालिका स्तरसम्मका समिति निर्माण गरी मोर्चाका नीति, योजना र कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्