
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली जनतामा देखिएको निराशा चिर्दै आत्मविश्वास बढाउनुपर्ने बताएका छन् ।
कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । “पार्टीका नेता तथा कार्यकर्ताले अहिले २०८४ सालको चुनावको चिन्ता गरेर बस्ने बेला होइन । यो देशको हितका विषयमा सोच्ने हो, चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ त्यो ठूलो कुरा होइन” उनले भने ।
साथै उनले चुनाव एउटा सामान्य प्रक्रिया मात्रै भएको बताए ।
अहिले नागरिकमा ठूलो निराशा देखिएकाले त्यसलाई चिर्ने काम कांग्रेसबाट हुनुपर्ने उनको भनाइ थियो ।
कांग्रेसलाई रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको भन्दै उनले अब आउने कुनै पनि निर्वाचनमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने बताए ।