०६ साउन २०८३, बुधबार

ब्याजदर घटाउन पर्यटन व्यवसायीको माग

असोज २६, २०८०
कास्की
ब्याजदर घटाउन पर्यटन व्यवसायीको माग

 होटल सङ्घ पोखराले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई टिकाउन सहजीकरणको माग गर्दै नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । 

सङ्घले आज नेपाल राष्ट्र बैंकको निर्देशिकामा व्यवस्था भएअनुसार पर्यटन क्षेत्रमा लगानी गरिएको कर्जाको पुनःतालिकीकरण, पुनःसंरचना र पुनःलगानीको व्यवस्था प्राथमिकताका साथ हुनुपर्ने भन्दै गर्भनर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराएको हो ।

सङ्घको एक टोली नेपाल राष्ट्र बैंकको पोखरा कार्यालय पुगेर कार्यालयका निर्देशक आर्या जोशीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड १९, रुस–युक्रेन युद्ध, पोखरा आउने अस्तव्यस्त राजमार्ग र यति एयरको जहाज दुर्घटनाको असरले पोखराको पर्यटन थला परेको बताए । 

विभिन्न कारणले पोखरामा पर्यटक आगमन घटेको भन्दै अध्यक्ष सुवेदीले बैंक तथा वित्तीय संस्थालाई बुझाउनुपर्ने कर्जाको साँवा तथा ब्याज तत्कालका लागि बुझाउन असमर्थ रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्