तानसेन, ७ असोज– बुटवल–पाल्पा सडक खण्डअन्तर्गत पाल्पाको हेडबक्स भन्ने ठाउँ (सिद्धबाबा मन्दिर नजिक) पहिरोले पुरेर दुईजनाको मृत्यु भएको छ ।
पहिरोले एउटा ट्रक र कार पुरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोले लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पुरेको पुरेको हो । पाल्पाबाट बुटवलतर्फ गइरहेका कार र ट्रक पहिरोमा पुरिएका हुन् ।
पहिरोमा पुरिएका ट्रक र कार ध्वस्त भएका छन् । पहिरोमा पुरिएर मृत्यु भएका दुईजनामध्ये एक जना ट्रक चाकल रकेको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर पाल्पाको तिनाउँ गाउँपालिका–५ बस्ने ट्रक चालक माधव रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।