२८ जेठ २०८३, बिहीबार

रूसी खाद्यान्न निर्यात उच्च रहने पुटिनको दाबी

असोज २६, २०८०
काठमाडौं
रूसी खाद्यान्न निर्यात उच्च रहने पुटिनको दाबी

युक्रेनमा रूसको आक्रमणपछि पश्चिमी मुलुकहरूले लगाएको प्रतिबन्धका बावजुद रूसले अर्को वर्ष पनि ठूलो परिमाणमा खाद्यान्न निर्यात जारी राख्ने बताएको छ ।  रूसी नेता भ्लादिमिर पुटिनले यस्तो बताएका हुन् । 
 
पुटिनले भने,“गत वर्ष ऐतिहासिक रूपमा १५ करोड ८० लाख टन खाद्यान्नको निर्यात भएको थियो। यो वर्ष पनि १३ करोड टनभन्दा बढी खाद्यान्न निर्यात हुनेछ ।” 

उनले थपे, “रूसले गहुँ निर्यातमा विश्वमा पहिलो स्थान कायम राख्ने सम्भावना छ । हाम्रो खाद्यान्न निर्यात पनि गत वर्षको जस्तै ५–६ करोड टनभन्दा कम हुने छैन ।” 

पुटिन सोभियत सङ्घपछिका केही राज्यहरूलाई भेला गर्ने संस्था ‘कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स (सीआईएस)’ को बैठकमा भाग लिइरहेका थिए ।

पुटिनले भने, “सीआईएसमा हाम्रा मित्र र सहकर्मीहरूलाई जति रूसी अनाज आवश्यकता छ, सबै पूरा हुनेछ ।”

सेप्टेम्बरको सुरुमा रूसी नेताले आफ्नो देश छ वटा अफ्रिकी मुलुकलाई निःशुल्क खाद्यान्न उपलब्ध गराउने सम्झौताको नजिक पुगेको पनि बताए। 

यसका साथै मस्कोले पश्चिमले विश्वव्यापी भुक्तानी प्रणाली र बीमामा पहुँच सीमित गरेर आफ्नो अन्न र मल निर्यातमा अप्रत्यक्ष प्रतिबन्ध लगाएको गुनासो गर्दै आएको छ ।

यी अवरोधहरूले उसलाई ‘ब्ल्याक सी’ मार्फत सुरक्षित अनाज निर्यात सुनिश्चित गर्न डिजाइन गरिएको सम्झौताबाट पछि हट्न बाध्य बनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्