
नवनियुक्त मुख्यमन्त्री केदार कार्की आफूलाई सहयोग गर्ने सासदको साथ लिएर अगाडि बढ्ने बताएका छन् ।
शनिवार मुख्यमन्त्री बनेपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसको सिंगो टिमले आफूलाई सहयोग गर्नेसमेत अपेक्षा व्यक्त गरेका छन् ।
कांग्रेसका कार्की नेकपा (एमाले)का सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । शनिवार प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर बहुमत सांसदले सनाखत गरेका थिए । बहुमत सांसदले सनाखत गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।
सत्ता गठबन्धनका दावेदार इन्द्र आङ्बो पक्ष भने सनाखतका लागि अनुपस्थित थियाे ।
कार्की कांग्रेसको विद्रोही समूहका हुन् । उनी उनलाई कोशीमा डा शेखर कोइराला पक्षका ८ सांसदले साथ दिएका थिए । मुख्यमन्त्री बन्न उनले एमालेका ३९ सांसदको साथ लिएका थिए । उनको याे कदमले संस्थापन पक्ष भने असन्तुष्ट छ ।