काठमाडौं, ७ असोज– एन्ड्रोइड मोवाइल प्रयोगकर्ता नेपालीमाझ लोकप्रिय बनेको ‘हाम्रो नेपाली किबोर्ड’ अब आईफोनमा पनि प्रयोग गर्न पाइने भएको छ ।
यससँगै अब आईफोन प्रयोगकर्ताले पनि सहजै नेपाली भाषामा सन्देश पठाउन सक्नेछन् । साथै सामाजिक सञ्जालमा पनि अब आईफोनबाट विना झन्झट नेपालीमा लेख्न सकिने छ ।
आईफोन प्रयोगकर्ताले अब सहजै एप स्टोरबाट ‘हाम्रो किबाेर्ड’
डाउनलोड गर्न सक्ने छन् ।
iOS को Default किबोर्डसंग मेलखाने यसको यूजर इन्टरफेसले तपार्इलार्इ यसको रङ्ग, डिजाइन लगायतका सामान्य कुराहरूले पनि ष्इक् को वास्तविक किबोर्डसंग जोडिरहने एप निर्मार्ता हाम्रो पात्रा कम्पनीको दावी छ ।
हाम्रो नेपाली किबोर्डको अर्को रमाइलो पाटो भनेको कुनै प्रारम्भिक अक्षर टाइप गर्दा त्यो अक्षरबाट प्रारम्भ हुने अन्य धेरै शब्दहरू सुझावका रूपमा देखाउँछ।
