०१ साउन २०८३, शुक्रबार

चीन पुगेर ईयूका विदेश नीति प्रमुखले भने– इजरायलको निकासी योजना ‘पूर्णतः असम्भव’

असोज २८, २०८०
काठमाडौं
चीन पुगेर ईयूका विदेश नीति प्रमुखले भने– इजरायलको निकासी योजना ‘पूर्णतः असम्भव’

बेइजिङ– युरोपेली युनियन (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले उत्तरी गाजाबाट एकै दिनमा १० लाखभन्दा बढी मानिसलाई बाहिर निकाल्ने इजराइलको योजना कार्यान्वयन गर्न पूर्णरूपमा असम्भव रहेको शनिवार बताएका छन् । 

इजरायलको इतिहासमा सबैभन्दा घातक हमलाको बदला लिन प्यालेस्टिनी इस्लामिस्ट सङ्गठनविरुद्ध अपेक्षित जमिन आक्रमण गर्नुअघि इजराइलले उत्तरी गाजाका बासिन्दाहरूलाई सो स्थान खाली गर्न चेतावनी दिएको छ । 

‘युरोपेली युनियनको अधिकारीको प्रतिनिधित्व गर्दै यो (खाली गराउने योजना) कार्यान्वयन गर्न पूर्णरूपमा असम्भव रहेको म भन्छु,’ चीनको तीन दिने कूटनीतिक भ्रमणको अन्तिम दिन बेइजिङमा बोरेलले पत्रकारहरूसँग भने, ‘गाजाजस्तो परिस्थितिमा २४ घन्टाभित्र १० लाख मानिसलाई सार्न सकिन्छ भनेर कल्पना गर्नु मानवीय सङ्कट मात्र हुन सक्छ ।’

युरोपेली युनियनका प्रमुख उर्सुला भोन डेर लेयेनले इजराइलको भ्रमणका क्रममा शुक्रबार इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई समर्थन रहेको बताएका थिए । ‘युरोप इजरायलको पक्षमा उभिन्छ,’ इजरायललाई आफ्ना नागरिकहरूको रक्षा गर्ने कर्तव्य थियो भन्दै उनले भने । 

तर आफ्नो रक्षा गर्ने प्रक्रियामा इजराइल पनि अन्तर्राष्ट्रिय कानूनको पालना गर्न बाध्य हुन्छ भन्ने बेइजिङमा बोरेलको टिप्पणीले त्यस्तो पुष्टिमा सीमा निर्धारण गरेको देखिएको छ ।

‘स्थिति स्पष्ट छ, हामी वास्तवमै आफ्नो रक्षा गर्ने इजराइलको अधिकारको सम्मान गर्छौँ,’ बोरेलले भने, ‘तर कुनै पनि अधिकारको कुरा गर्दा यसमा सीमा हुन्छ र यो सीमा भनेको अन्तर्राष्ट्रिय कानून हो ।’

salt training

कमेन्ट गर्नुहोस्