२७ जेठ २०८३, बुधबार

मौसम पूर्वानुमानः पहाडी क्षेत्रमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना

असोज २८, २०८०
काठमाडौं
मौसम पूर्वानुमानः पहाडी क्षेत्रमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको अनुमान छ ।

‘देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्