२३ जेठ २०८३, शनिबार

चितवनको इच्छाकामनामा स्कुटर दुर्घटना, चालकको मृत्यु

असोज २८, २०८०
चितवन
चितवनको इच्छाकामनामा स्कुटर दुर्घटना, चालकको मृत्यु
फाइल फोटो

नारायणगढ–मुग्लिन सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटर चालक सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका वडा नं ६ बस्ने २४ वर्षीया सङ्गीता भण्डारी रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ नौकिलो नजिक बा प्र ०२० ४६ प १६९२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई पल्टिँदा चालक भण्डारीको मृत्यु भएको हो ।

आज बिहान ७ः४५ बजे दुर्घटना हुँदा भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।​​

मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्