०२ साउन २०८३, शनिबार

माफी माग्दा पनि उषाप्रति रोकिएन गाली, भनिन् – राजेश दाइका फ्यान यति नीच हुन सक्दैनन्

असोज २८, २०८०
काठमाडौं
माफी माग्दा पनि उषाप्रति रोकिएन गाली, भनिन् – राजेश दाइका फ्यान यति नीच हुन सक्दैनन्

अभिनेता राजेश हमाल लक्षित अभिव्यक्तिलाई लिएर अभिनेत्री उषा रजक आलोचित बनेकी छिन् । 

एउटा कमेडी टेलिभिजन शोमा पुगेर उषाले राजेश हमाललाई ‘ओभररेटेड एक्टर’ भनेकी थिइन् ।

उक्त अभिव्यक्तिपछि राजेशका फ्यानहरु उषाप्रति खनिने क्रम सुरु भएको थियो ।

आफूमाथि प्रहार भएको देखेपछि उषाले सामाजिक सञ्चारमार्फत अभिनेता राजेश हमालसँग माफी पनि मागिन् । तर उनको माफीले पनि राजेशका फ्यानलाई चित्त बुझेको छैन । अहिलेपनि उषामाथि निरन्तर गालीको प्रहार भइरहेको छ । 

आफूमाथि निरन्तर गाली आइरहेपछि उषाले ‘गल्ती कति र सजाय कति ?’ भन्दै सामाजिक सञ्जालमा नयाँ पोष्ट गरेकी छन् । 

पोष्टमा उषाले आज आफूलाई दुःख लागेको र रोएको उक्त उल्लेख गरेकी छन् । 

‘हो, बिराएँ शायद । प्रश्न : मैले त्यस्तो के भनेँ र, नेपाली दाजुभाइ म माथि यसरी खनिनु भयो । शब्द यस्तो प्रयोग भयो कि, कहिले नसुनेको नीच शब्दहरूको अर्थ बुझ्न गुगल गर्नुपर्यो । पढ्नु हुन्न थियो कमेन्ट, तर दर्शक सँग सधैं एकै तहमा सम्बन्ध राख्न रुचाउँछु । राजेश दाईको फ्यान यस्तो नीच हुन सक्दैन’ उनले लेखेकी छन् । 

उनले घृणाले भरिएको भाषा प्रयोग गरिएकोप्रति दुःख व्यक्त गरेकी छन् । 

‘म धेरै बलियो छु त यो घृणाको असर छ । यस्तो घृणाले भरिएको भाषा जताततै अरू धेरैलाई प्रयोग गरेको देखिन्छ । सबैले कहाँ सहन सक्छ ?’ प्रश्न गर्दै उनले अगाडि लेखेकी छन् ‘...भोलि कसैको छोराछोरी यही घृणाको सिकार नबनून् ।  आज एकलाई मायाको नजरले हेरिदेऊ, रिस नै उठे पनि ।  भोलि तिम्रो घरमा, तिम्रै दाजुभाइ, बहिनीलाई त्यही लच्छिन लाग्नेछ ।’ 

salt training

कमेन्ट गर्नुहोस्