१० साउन २०८३, आइतबार

अमेरिकाको टेक्सास मेलामा गोली चल्यो, ३ जना घाइते

असोज २९, २०८०
काठमाडौं
अमेरिकाको टेक्सास मेलामा गोली चल्यो, ३ जना घाइते

ह्युस्टन– टेक्सासको डलासमा चलिरहेको मेलामा शनिवार राति भएको गोलीकाण्डमा तीन जना घाइते भएका  छन् ।

स्थानीय समयअनुसार बेलुका ८ नबज्दै खाद्य परिकार स्थल नजिकै भएको गोलीकाण्डमा शङ्कास्पद देखिएका एक व्यक्तिलाई हिरासतमा राखिएको डलास प्रहरी विभागले जनाएको छ।

अधिकारीहरूले गोली चलेको खबर पाए लगत्तै सो पार्क खाली गर्न घटनास्थलमा पुगेका थिए।

एक व्यक्तिले अर्का व्यक्तिलाई गोली हानेर तीन जना घाइते बनाएको प्रारम्भिक अनुसन्धानले देखाएको डलास प्रहरीले जनाएको छ । घटनाको छानबिन भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्