१८ असार २०८३, बिहीबार

एनआरएनएको सहकोषाध्यक्षमा कृष्ण तिमल्सिनाद्वारा उम्मेदवारी दर्ता

असोज २९, २०८०
काठमाडौं
एनआरएनएको सहकोषाध्यक्षमा कृष्ण तिमल्सिनाद्वारा उम्मेदवारी दर्ता

गैरआवासीय नेपाली संघ एनआरएनएको सहकोषाध्यक्ष पदमा कृष्ण तिमल्सेनाले उम्मेदवारी दर्ता गराएका छन् । एनआरएनएको विधानअनुसार तीन जना सहकोषाध्यक्ष रहने व्यवस्था छ । 

तिमल्सिनाले संघको बालुवाटारस्थित कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा तिलक भट्टराई र मोहनलाल ओली तथा समर्थकमा भगिरथ योगी र सुरेन्द्र श्रेष्ठ रहेका छन् । 

तिमल्सेनाले संघको आर्थिक पारर्शिता आफ्नो मेरो मूल एजेन्डा रहेको बताए । ‘संघको आर्थिक कोषलाई बलियो, सशक्त र पारदर्शी बनाउन लागिपर्छु’, उनले भने । तिमल्सेनाले सबैको विश्वासले प्राप्त मतको कदर गर्दै सक्रियतापूर्वक गैरआवासीय नेपाली अभियानमा लाग्ने प्रतिबद्धता पनि जनाएका छन् । एनआरएनएभित्र इमानदार छवि बनाएका उनी बलियो उम्मेदवारका रूपमा हेरिएका छन् । 

धादिङको धादिङमा जन्मिएका तिमल्सेना सन् २००७ देखि एनआरएनए अभियानमा सक्रिय छन् । उनले यसअघि युकेको कार्यसमिति सदस्य, युकेकै उपाध्यक्ष, आइसिसी सदस्य र युरोप उपसंयोजक पदको जिम्मेवारी कुशलतापूर्वक पुरा गरिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्