बारा, ७ असोज– बारा सदरमुकाम रहेको कलैया उपमहानगरपालिकाको जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार कलैयामा माओवादीका मुकेश साहले ७४३८ मत प्राप्त गरेका छन् । मतगणना शुरु भएदेखि माओवादी केन्द्रका उम्मेदवारले पहिलोपल्ट कलैयामा अग्रता हासिल गरेका हुन् । उपमेयरमा माओवादीकी नजमा खातुनले ४२३१ प्राप्त गरेकी छन् ।
यस्तै यसअघि सम्म अग्रता हासिल गरिरहेका नेकपा एमालेका उम्मेदवार विनोदप्रसाद साहले ५३७२ मत प्राप्त गरेका छन् भने उपमेयरमा एमालेकी प्रतिमा यादवले ५१२८ मत पाएकी छन् ।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार राजेश यादवले ५०७२ मत प्राप्त गरेका छन् भने संघीय समाजवादी फोरमका उम्मेदवार प्रमोदप्रसाद गुप्ताले ४८९० मत प्राप्त गरेका छन् ।