१५ असार २०८३, सोमबार

दोस्रो खण्डको चक्रपथ विस्तारका लागि अझै १ वर्ष लाग्ने

असोज २९, २०८०
काठमाडौं
दोस्रो खण्डको चक्रपथ विस्तारका लागि अझै १ वर्ष लाग्ने
फाइल फाेटाे

चक्रपथको दोस्रो खण्डको विस्तारका लागि मुख्य लेनमा चिनियाँले काम गर्न अझै एक वर्ष लाग्ने भएको छ ।

चीन सरकारको सहयोगमा विस्तार गर्न लागिएको कलङ्की–बसुन्धारा सडकको अध्ययनको काम भइरहेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ ।  

अहिले चिनियाँले आफ्नै देशमा विस्तृत परियोजना अध्ययन (डीपीआर) गरिरहेको महाशाखाका प्रमुख डा. विजय जैसीले बताए । 

अध्ययनका लागि अझै छ महिना लाग्ने र अर्को छ महिनामा ठेक्का भएर काम गर्न लाग्ने उनले बताए । उनले भने, “सबै तयारी सकाएर एक वर्षपछि मात्रै भौतिकरुपमा काम हुनेछ ।” 

अध्ययन सकिएपछि उनीहरुले नै ठेक्का लगाएर काम गर्ने उनले बताए । गत वर्ष नेपाल आएका चिनियाँले कलङ्कीबाट बसुन्धारासम्मको सडकको अध्ययन गरिसकेर निर्माण अघि बढाउने बताएका थिए । 

चिनियाँले काम शुरू गर्ने समय पहिले नै विभागले मर्मत गर्न खोजेको प्रमुख डा. जैसीले बताए । मर्मतका लागि विभागले ठेक्का गर्ने उनले बताए । सबैभन्दा छेउको सर्भिस लेनमा धुलो उड्ने समस्या रहेकाले अहिले चक्रपथ विस्तार आयोजना र डिभिजन सडक काठमाडौंले काम गरिरहेको उनले बताए । 

चक्रपथको पहिलो खण्डमा जस्तै दोस्रोमा पनि मुख्य आठ लेन चिनियाँले बनाउने हो भने त्योभन्दा बाहिरको एक/एक लेन ‘सर्भिस लेन’ सरकारले बनाउने गरी सम्झौता भएको थियो । बीचको लेनमा काम शुरू भइनसकेको र त्यसले गर्दा सडक धुलाम्मे भएकाले अहिले छेउमा काम शुरू गरिएको विभागले जनाएको छ । 
    
पहिलो चरणको सडक हस्तान्तरण हुनु पहिले नै चिनियाँ पक्षले कलङ्कीबाट बसुन्धरातर्फको सडक निर्माण गर्न इच्छा देखाएको थियो । ‘साइड क्लियर’ नहुँदा निर्माणका क्रममा विभिन्न अवरोध आएकाले निर्धारित समयभन्दा केही ढिला सम्पन्न भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्