१० साउन २०८३, आइतबार

अष्ट्रिया युरोकपमा छनोट, नेदरल्यान्ड्सले बनायो सम्भावना बलियो

असोज ३०, २०८०
काठमाडौं
अष्ट्रिया युरोकपमा छनोट, नेदरल्यान्ड्सले बनायो सम्भावना बलियो

अजरबैजानलाई पराजित गर्दै अष्ट्रिया आगामी वर्ष जर्मनी हुन गइरहेको युरोकप फूटबल प्रतियोगिताका छनोट भएको छ । सोमवार राति घरेलु टोली अजरबैजानलाई १–० गोलको झिनो अन्तरले हराउँदै अष्ट्रियाले टिकट पक्का गरेको हो ।

अष्ट्रियाको जीतमा मार्सेल सबिट्जरले निर्णायक गोल गरेका हुन् ।

ग्विडो बर्गस्टालरले रातो कार्ड खाएपछि अष्ट्रिया अन्तिम समय १० खेलाडीमा सीमित भएको थियो ।

यस्तै अर्को खेलमा ग्रीसलाई १–० ले हराउँदै एक पटकको विजेता नेदरल्यान्ड्सले सिधै छनोट हुने सम्भावना जीवितै राखेको छ । 

नेदरल्यान्ड्सको जीतमा कप्तान भर्गिल भान डाइकले इन्जुरी समयमा पेनाल्टीमार्फत् निर्णायक गोल गरेका थिए ।

null

यस जीतसँगै समूह ‘बी’ रहेको नेदरल्यान्ड्स सिधै छनोट हुनलाई उपर्युक्त दोस्रो स्थानमा उक्लिएको छ । यो समूहबाट फ्रान्स छनोट भइसकेको छ ।

ग्रीस पनि समान १२ अंकका साथ नेदरल्यान्ड्ससँग हेड टू हेडमा पछि पर्दै तेस्रो स्थान अर्थात प्लेअफ खेल्ने ठाउँमा छ । ग्रीसले एक खेल बढी खेलेकाले सिधै छनोट हुने नेदरल्यान्ड्सको सम्भावना बलियो छ ।   

अष्ट्रिया छनोट भएसँगै युरोकपमा लागि आयोजक जर्मनीसँगै ८ टोलीले टिकट पक्का गरिसकेका छन् ।

फ्रान्स, पोर्चुगल, बेल्जियम, स्पेन, स्कटल्यान्ड र टर्कीए यसअघि नै छानिएका थिए । युरोकपमा २४ टोलीले खेल्न पाउँछन् । अरु छनोट हुन बाँकी छ । 

सोमवार राति भएका ६ खेलको नतिजाः 

null

salt training

कमेन्ट गर्नुहोस्