२५ जेठ २०८३, सोमबार

चिनियाँ युआन र अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ

असोज ३०, २०८०
काठमाडौं
चिनियाँ युआन र अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्द ठकुरीले जानकारी दिए । 

उनका अनुसार आजै दिउँसो चीनको सिचुआन प्रान्तबाट आइ दिल्लीतर्फ जान लागेको अवस्थामा निजलाई १६ हजार ४ सय ३० अमेरिकी डलर, ५४ हजार चार सय ५१ चिनियाँ युआन र ५ हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो ।​

छोदेनलाई प्रहरी बृद्ध गौशालामा राखी आवश्यक अनुसन्धान शुरू गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका छोदेन भारतको दलैलास्थित धर्मशालामा बस्ने गरेको खुलेको र उनको साथमा भारतीय राहदानी भएको प्रहरी नायब महानिरीक्षक चन्द ठकुरीले बताए । ​

छोदेनबाट प्रहरीले बरामद गरेको रकम नेपाली रु ३१ लाख ५० हजार बराबर रहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्